०९ साउन २०८३, शनिबार

पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका दरखास्त आह्वान

कात्तिक २५, २०८१
काठमाडौं
पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका दरखास्त आह्वान

 पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । 

 नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान  गरेको हो । 

इच्छुक तथा योग्य व्यक्तिले कार्यविधि अनुसार १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्न सक्ने सूचनामा उल्लेख छ । 

दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने पनि जनाइएको छ ।  । साथै अनलाइन माध्यमबाट दरखास्त पेश गर्ने व्यक्तिले मन्त्रालयको वेबसाइट www.moest.gov.np  मा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिने समितिले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्