
काठमाडौं, २३ कात्तिक – नेपाली कांग्रेसले उद्यागी विनोद चौधरीलाई आर्थिक समृद्धि र विकास समन्वय उपसतितिको संयोजक बनाएको छ ।
पार्टी निर्वाचन परिचालन समितिका संयोजक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँडले चौधरीलाई प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि गठित सो उपसमितिमा मनोनयन गरेको पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
केहि साताअघि मात्रै चौधरी कांग्रेसमा प्रवेश गरेका थिए भने कांग्रेसले उनलाई समानुपातिक सूचिमा राखेको छ ।