३० असार २०८३, मंगलबार

वाम गठबन्धनपछि मुलुकले स्थिर सरकार पाउँछः मन्त्री पोखरेल

कात्तिक २३, २०७४
वाम गठबन्धनपछि मुलुकले स्थिर सरकार पाउँछः मन्त्री पोखरेल

बर्दिवास, २३ कात्तिक - नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले अब एउटा लामो कालखण्डसम्म मुलुकले स्थिर सरकार पाउने दाबी गरेका छन्  । 

महोत्तरी–१ बाट वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका  नेता पोखरेलले आज बर्दिवास–३ रजवासमा चुनावी घरदैलो कार्यक्रमको शुरुआत गर्दै नेकपा(एमाले) र आफ्नो पार्टीसहितका वामपन्थी मिलेर चुनावमा उत्रिएपछि अब स्थिर सरकार बन्ने विश्वसनीय आधार बनेको बताए  । “नेपाली जनताको सबै वामपन्थी मिलेर अघि बढ्न भन्ने चाहना रहँदै आएको थियो”, विनाविभागीयमन्त्री पोखरेलले भने, “हामीले जनताको यो चाहना पूरा गरेका छौँ ।” 

आपूmहरुको सहकार्य र सहमतिको राजनीतिले वामपन्थी मात्र नभएर फरक विचारका अन्य शक्तिलाई पनि विचार मिल्नेसँग सहकार्य गर्न उत्प्रेरित गरेको बताउँदै नेता पोखरेलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएसँगै मुलुक नयाँ युगको नयाँ चरणमा प्रवेश गर्ने भएकाले यो अभिभारा पूरा गर्न वामपन्थीको चुनावी अभियानमा खुला सहयोगका लागि आग्रह गरे । 

सोही कार्यक्रममा महोत्तरी–१ प्रदेशसभा (क) क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार एमाले नेत्री शारदा थापाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राखेर मुलुकको समृद्धिको ढोका वामपन्थीले नै खोल्न सक्ने बताए  । 

salt training

कमेन्ट गर्नुहोस्