२९ असार २०८३, सोमबार

डडेल्धुरा पुगे कांग्रेस सभापति देउवा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

कात्तिक २७, २०८१
डडेल्धुरा
डडेल्धुरा पुगे कांग्रेस सभापति देउवा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा आएका छन् । उनले हिजो महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरे । 

रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गरिने सभापति देउवाले प्रतिबद्धता व्यक्त गरे ।

सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकनपछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्लधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए । 

डडेल्लधुरा प्राकृतिक रूपमा रमणीय र थुप्रै धार्मिकस्थल, शक्तिपीठ भएको जिल्ला भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने उनले बताए । 

धार्मिक पूर्वाधारहरू निर्माण भएपछि यहाँको जनजीविकामा परिवर्तन हुने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्