२५ जेठ २०८३, सोमबार
सहकारी ठगी प्रकरण

प्रतिकूल मौसमले रविलाई भैरहवा ल्याउन ढिलाइ, भिजिबिलिटी नपुग्दा जहाज उड्न सकेन

कात्तिक २७, २०८१
बुटवल
प्रतिकूल मौसमले  रविलाई भैरहवा ल्याउन ढिलाइ, भिजिबिलिटी नपुग्दा जहाज उड्न सकेन

प्रतिकूल मौसमका कारण रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही ल्याउने कार्यमा ढिलाइ भएको छ । मौसमको खराबीका कारण पोखराबाट जहाज उड्न नसक्दा उनलाई रुपन्देही ल्याउन ढिलाइ भएको हो । 

बिहान पौने ८ बजे नै पोखराबाट भैरहवा ल्याउने तयारीस्वरूप रविलाई ५ बजे नै पोखरा एयरपोर्ट लगिएको थियो । तर, जहाज उड्न नसकेपछि उनलाई पोखरा विमानस्थलमै राखिएको छ । 

भैरहवामा बोक्लो हुस्सु र कुहिरो लागेको छ ।

रुपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालले भैरहवा एयरपोर्टमा भिजिबिलिटी नपुग्दा जहाज अझै उड्न नसकेको बताइन् । ‘भैरहवामा मौसम पनि खराब छ । भिजिबिलिटी नपुग्दा पोखराबाट जहाज उड्न सकेको छैन । त्यसमाथि जजिराको जहाज पनि आउँदैछ,’ डीएसपी खनालले भनिन् । 

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो । 

कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।

कात्तिक २ गते काठमाडौैंबाट पक्राउ परेका उनलाई त्यसै राति पोखरा लगिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्