०६ साउन २०८३, बुधबार
रविलाई रूपन्देही ल्याउने तयारी

भैरहवा झार्नेवित्तिकै रविलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिने, सुरक्षा व्यवस्था कडा

कात्तिक २७, २०८१
बुटवल
भैरहवा झार्नेवित्तिकै रविलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिने, सुरक्षा व्यवस्था कडा

सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज रूपन्देही ल्याउने तयारी छ । जहाजमार्फत् बिहानै रूपन्देही ल्याउने तयारी गरे पनि प्रतिकूल मौसमका कारण केही ढिलाइ भएको हो । बिहान भैरहवामा भिजिबिलिटी नहुँदा जहाज पोखराबाट उड्न सकेको थिएन । 

तर, बाक्लो कुहिरो र हुस्सु कम भएपछि अब १० बजेर २० मिनेटमा रविलाई लिएर जहाज पोखराबाट उड्ने रूपन्देही प्रहरीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् । 

उनका अनुसार भैरहवा झारेपछि रविलाई जिल्ला प्रहरी कार्यालय लगेर सिधै सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिने छ ।

उनलाई ल्याउनुअघि भैरहवामा रास्वपा समर्थकले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । विमानस्थल नजिकै उनीहरू भेला भएका छन् । रास्वपाको प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको डीएसपी खनालले बताइन् । 

पोखराबाट भैरहवा ल्याउन रविलाई बिहान ५ बजे नै पोखरा एयरपोर्ट लगिएको थियो । तर, जहाज उड्न नसकेपछि उनलाई पोखरा विमानस्थलमै राखिएको छ । 

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो । 

कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई त्यसै राति पोखरा लगिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्