३१ असार २०८३, बुधबार
गगनले छठमार्फत दिन खोजेको सन्देश

किन तराई–मधेशमा केन्द्रित हुन खोज्दैछन् गगन थापा ?

कात्तिक २७, २०८१
काठमाडौं
किन तराई–मधेशमा केन्द्रित हुन खोज्दैछन् गगन थापा ?

‘स–परिवार जनकपुरधाममे छठ पर्व मनाव लेल आइब गेल छी ! सूर्य देवक कृपा सभ पर रहए, सुख, शांति, समृद्धि आ आरोग्यक प्राप्ति होअ । अहाँ आ अहाँक परिवार केँ छठ पर्वक बहुत–बहुत शुभकामना,’ कात्तिक २२ गते जनकपुर पुगेर कांग्रेस महामन्त्री गगन थापाले लेखेको मैथिली भाषाको स्टाटस हो यो । 

अस्ताउँदो सूर्यलाई अर्घ दिएको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिन थापा जनकपुरबाट वीरगञ्ज पुगे । अनि छठको शुभकामना दिँदै नेपाली भाषामा अर्को स्टाटस लेखे । 

‘हिजो जनकपुरमा अस्ताउँदो सूर्यलाई पूजा गरें । आज बिहान वीरगञ्जको घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरें । छठी माईको आशीर्वाद र सूर्य देवताको कृपा सबैमा रहिरहोस् । फेरि पनि सबैमा छठ पर्वको शुभकामना,’ स–परिवार वीरगञ्जमा छठ मनाएपछि २३ गते शुक्रबार थापाले सामाजिक सञ्जालमा लेखे । 

राजनीतिक विश्लेषक शंकर तिवारी तराई–मधेशमा कांग्रेसको दूरीलाई कम गर्ने र मेरो राडारमा मधेश छ भन्ने देखाउने अभियानमा थापा रहेको बताउँछन् । 

‘तराई–मधेश कुनै समय कांग्रेसको सबैभन्दा प्रमुख पकड क्षेत्र हो । पछिल्लो समय तराई–मधेशले धेरै सांसद निर्वाचित गर्छ । काठमाडौंबाट छोटो दूरीमा घना आवादी र प्रभाव देखाउन पाइने ठाउँ मधेश हो,’ तिवारी भन्छन्, ‘यसैले पार्टीको दुरी मधेशसँग कम गर्न, मेरो राडारमा तराई–मधेश छ है भनेर ‘एट्याचमेन्ट’ देखाउन, शक्तिमा पुग्दा मधेशका निम्ति काम गर्न सचेत छु भनेर भावानात्मक निकटता देखाउन खोजेको देखिन्छ ।’

पर्व, पार्टी अभियान र कार्यक्रमलाई तराई–मधेशकेन्द्रित गर्न थापा लाग्नु जिम्मेवार नेताको खुवी भएको तिवारी बताउँछन् । ‘अरू चुनावमा गाउँ–ठाउँ सम्झन्छन् । तर, पर्व, पार्टी अभियान र कार्यक्रममार्फत थापाले तिमीहरूको समस्याप्रति सचेत छु है भन्ने सन्देश दिनुभएको छ,’ तिवारी भन्छन्, ‘अघिल्लो वर्षको हुलाकी मार्गको यात्रा तराईको पहिलो ‘लाइफलाइन’ यही बाटो हो भन्ने देखाउन र बुझाउन थियो ।’

null

अघिल्लो वर्ष मध्यजाडोमा कांग्रेसले समुदायमा कांग्रेस अभियान देशभर चलाएको थियो । तर, महामन्त्री गगन थापा अभियानकै बीच मेचीदेखि महाकाली जनसंवाद यात्रामा निस्किए । झापाको मेचीनगरबाट शुरू भएको थापाको अभियान हुलाकी राजमार्ग केन्द्रित थियो । 

तराई–मधेशका २१ जिल्लाका नेता/कार्यकर्ता र सर्वसाधारणसँग साक्षात्कार गर्न थापाले मध्यरातसम्मै मेहनत गरेका थिए । बिहान साढे ६ देखि राति ११ बजेसम्म थापाले मधेशमा साक्षात्कार गरेको उनको टीम बताउँछ । त्यो अभियानमा थापाले पूर्वपश्चिम राजमार्ग बनेपछि हुलाकी राजमार्गले कम महत्त्व पाएको भन्दै राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । 

कुनै समय तराई–मधेश कांग्रेसको मुख्य प्रभाव क्षेत्र थियो । २०५६ साल आसपास तराई–मधेशमा कांग्रेसले गरेको सभामा टाढाटाढादेखि हजारौं मान्छेले सहभागिता जनाउँथे । तर, २०६० र ०७० को दशकमा तराई–मधेशसँगको कांग्रेसको नाता टुटेकोजस्तो देखिन्छ । 

भिजनरी नेताको माग जुनसुकै भूगोलबाट हुने भन्दै राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले थापामा बलियो कांग्रेस बनाउने चाहना रहेको बताउँछन् ।

स्थिति कस्तोसम्म बन्यो भने आफैं तालमेल र उम्मेदवार तय गरेका नेता विमलेन्द्र निधि जनकपुरबाट पराजित हुनुपर्ने स्थिति आइदियो ।

तराई–मधेशमा क्षेत्रीय दलको प्रभाव, पहाडमा एमालेको बढ्दो प्रभाव र नयाँ दलको उदयपछि कांग्रेस उसै पनि दबाबमा छ । यसैले परम्परागत बलियो पकड भएको क्षेत्रमा कांग्रेसको विरासत फर्काएर पार्टीलाई बलियो बनाउन थापाले सम्पूर्ण तागत लगाइरहेका छन् । 

पार्टीको महामन्त्रीजस्तो शक्तिशाली पदमा भएका बेला थापाले तराई–मधेशलाई झन् प्राथमिकतामा राखेर कार्यक्रम बनाउँदै आएका छन् ।

देश संघीयतामा गएपछि मधेशका ८ वटा जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र भए । मधेश बढी आवादी भएको, प्रमुख भन्सार नाका भएको रणनीतिक स्थान पनि हो । त्यसैले थापाले तराई–मधेशलाई प्राथमिकता राखेको देखिन्छ । 

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले सांस्कृतिक र राजनीतिक दुवै रूपले कांग्रेस महामन्त्रीले तराई–मधेशलाई भावनात्मकरूपले जोड्न खोजेको बताउँछन् । 

‘परम्परागत दृष्टिले तराई–मधेश कांग्रेसको मुख्य जनाधार रहेको क्षेत्र हो । तर, २०६४ को संविधानसभा पछाडि कांग्रेसले तराई–मधेशमा जनाधार गुमाउँदै गएको देखिन्छ । त्यसैले तराई–मधेशसँग टुट्दै गएको सम्बन्धलाई पुनर्जीवन दिन खोजेको देखिन्छ,’ वाग्ले भन्छन्, ‘आफ्नो आधार क्षेत्र भनेको, तर तराई–मधेशलाई भावनात्मकरूपमा जोड्न नसकेको परिदृश्यमा गगनजीले दृष्टिकोण बदल्न खोजेको देखिन्छ । यसपटक सांस्कृतिक पर्व छठमा मात्रै होइन, हुलाकी राजमार्ग हुँदै तराई–मधेशको झापादेखि कञ्चनपुरसम्म उहाँले नागरिक संवाद यात्रा पनि गरिसक्नुभएको छ ।’

छठपूजामा थापा यसपटक तराई–मधेश पुगेको देखिएको छ । तर, उनी २०६४ सालमा सांसद भएपछि १३ वर्षयता जनप्रतिनिधिको हिसाबले कमलपोखरीमै छठसम्बन्धी कार्यक्रममा जोडिँदै आएका थिए । जनप्रतिनिधि र स्थानीयको हैसियतले कमलपोखरी क्लबको सल्लाहकारको भूमिकामा थापा छठमार्फत तराई–मधेश जोड्ने गरी अभियानमा सक्रिय रहेको उनका सल्लाहकार प्रताप पौडेल बताउँछन् । 

null

‘उहाँले १३ वर्षदेखि कमलपोखरीलाई पहाडमा छठ मनाउने मुख्य ठाउँको रूपमा विकास गर्नुभयो । पहिलोपटक तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलाई बोलाएर कमलपोखरीमा छठ पूजा आयोजना गरिएको थियो,’ पौडेल भन्छन्, ‘त्यसयता पनि सोही क्रम जारी छ । तर, यसपटक मुख्यगरी छठ मनाइने जनकपुरदेखि वीरगञ्जसम्म जानुभयो । सर्वसाधारण, पार्टीका नेता/कार्यकर्तासँग सांस्कृतिक हिसाबले जोडिने यो एउटा अवसर हो ।’ 

गगनका हरेक राजनीतिक डकुमेन्ट’मा काम गर्दै आएका पौडेल अघिल्लो वर्ष पनि हुलाकी राजमार्ग आसपासका नागरिकका कुरा सुन्न मेची–महाकाली अभियान चलाएको बताउँछन् । 

‘अघिल्लो वर्ष हुलाकी राजमार्ग केन्द्रित संवाद यात्रा गरिएको थियो, जुन मेचीदेखि महाकालीसम्मका २१ वटै जिल्लामा भएको थियो । राजमार्ग आसपासका समुदाय र सरोकारवालासँग संवाद गर्न, हुलाकी राजमार्ग निर्माणको स्थितिलाई नजिकबाट बुझ्न, आसपासका सरोकारवाला र नागरिकका सरोकार सुन्न अभियान चलाउनुभएको थियो,’ पौडेल भन्छन्, ‘औपचारिक कार्यक्रम थोरै राखेर भुइँ तहका मान्छेका कुरा सुन्ने काम भएको थियो । यस्तो अभियान फेरि पनि हुन्छ ।’  

पार्टीको जिम्मेवार महामन्त्रीको भूमिकामा भएपछि संगठन समस्या, नेता कार्यकर्ताका गुनासो सुन्ने र सम्बोधन गर्ने स्वाभाविक प्रक्रिया भएको पौडेल बताउँछन् । 

‘पार्टीमा ठूलो भूमिका र पोजिसन नहुँदा पनि उहाँले तल्लो तहसम्मै पुगेर नेता/कार्यकर्ता र नागरिकको भावना बुझ्नुभएकै थियो । पार्टीको जिम्मेवार महामन्त्रीको रूपमा संगठन र जनताको, पार्टी सदस्यको तल्लो तहमा रहेकाको कुरा सुन्नु र नीति तथा संगठन अगाडि बढाउनु यी स्वाभाविक प्रक्रिया हुन् ।’ 

अघिल्लोपटक अभियान गरेपछि महासमिति बैठकको दस्तावेज पार्टीमा कार्यकर्ताले सोचेका कुराको प्रतिनिधित्व भएको पौडेल बताउँछन् । 

‘कांग्रेसलाई तराई–मधेशका नागरिकले स्थापनाकालदेखि नै माया गरेका थिए । क्षेत्रीय दल उदाउँदा काठमाडौंले कम महत्त्व दिएको हो कि भन्ने सन्देश गयो । पार्टीले पनि पछिल्लो समय कम महत्त्व दिएको भाष्य निर्माण भयो,’ पौडेलले भने, ‘तर, त्यस्तो होइन, काठमाडौंमा बसेको लिडरशिपले तराई–मधेशबारे सोचेको छ । त्यहाँका नागरिकप्रति जवाफदेही छ भन्ने देखाउन खोजिएको हो । यसैले जनता, पार्टी सदस्य र स्थानीय तहका नेताको कुरा सुन्न खोजिएको हो ।’

‘हुलाकी यात्राका क्रममा जनताले के सोचेका छन् । पार्टी संगठनमा सदस्यता, कार्यशैली के– केमा सुधार हुनुपर्छ भनेर सुझाव आएका थिए,’ पौडेल भन्छन्, ‘महासमितिको दस्तावेज बनाउँदा जनतामा भर्खर संवादमा गएका कुरा प्रतिवेदनमा आएका थिए । पार्टीमा अभियान गरिएपछिका नतिजा हुन् यी ।’

महामन्त्री थापाले १५ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारी गरेपछि देश दौडाहा स्वाभाविक भएको उनका सल्लाहकार पौडेल बताउँछन् । ‘महामन्त्रीज्यूले १५ औं महाधिवेशनको तयारीमा छु भनेर पटक–पटक भन्नुभएको छ’ पौडेलले भने, ‘यसैले एउटा जिम्मेवार नेताले पार्टीको तल्लो तहसम्म पुग्ने, कार्यक्रम गर्ने, भेटघाट गर्ने विषय स्वाभाविक हुन् ।’ 

पछिल्लो समय तराई–मधेशमा कांग्रेस कमजोर हुँदै गएपछि थापाले सोही भूगोलको कुरा सुन्न खोजेको उनको टीम बताउँछ ।

‘कांग्रेसलाई तराई–मधेशका नागरिकले स्थापनाकालदेखि नै माया गरेका थिए । क्षेत्रीय दल उदाउँदा काठमाडौंले कम महत्त्व दिएको हो कि भन्ने सन्देश गयो । पार्टीले पनि पछिल्लो समय कम महत्त्व दिएको भाष्य निर्माण भयो,’ पौडेलले भने, ‘तर, त्यस्तो होइन, काठमाडौंमा बसेको लिडरशिपले तराई–मधेशबारे सोचेको छ । त्यहाँका नागरिकप्रति जवाफदेही छ भन्ने देखाउन खोजिएको हो । यसैले जनता, पार्टी सदस्य र स्थानीय तहका नेताको कुरा सुन्न खोजिएको हो ।’

nullतराई–मधेशमा निर्वाचन क्षेत्र हेर्दैछन् थापा ? 

अहिले होइन, गगनले २०७९ कै प्रतिनिधिसभा निर्वाचनअगाडि सर्लाही– ४ मा उम्मेदवार बन्ने तयारी गरेका थिए । कांग्रेस क्षेत्रीय समितिले थापालाई एकल रूपमा उम्मेदवारमा अगाडि सारेको थियो । थापा पनि आफ्नो परम्परागत क्षेत्र काठमाडौं– ४ मा डा. स्वर्णिम वाग्लेलाई उठाएर आफू सर्लाही जान खोजेका थिए ।

तर, सभापति शेरबहादुर देउवाले वाग्लेलाई रुचाएनन् । थापाले छाडे युवा नेता नैनसिंह महरलाई उम्मेदवार बनाउने तयारी गरे । आफूले भनेजस्तो नभएपछि थापा अन्ततः सर्लाही गएनन् । काठमाडौं– ४ बाटै उठेर निर्वाचित भए । उता सर्लाही– ४ बाट भने कांग्रेसका बागी अमरेशकुमार सिंहले चुनाव जिते । टिकट नपाएपछि सिंहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यता वाग्ले पनि कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे । प्रवेश मात्र गरेनन्, रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली बनेको तनहुँ– १ मा उपनिर्वाचन जिते ।

थापाका सल्लाहकार पौडेल अघिल्लोपटक सर्लाहीबाट चुनाव उठ्ने कुरा एउटा विकल्पको रूपमा आएको बताउँछन् । ‘त्यो बेला एउटा विकल्पको रूपमा सर्लाहीबाट निर्वाचन लड्ने विषय बाहिर आएको थियो । उहाँ (महामन्त्री) आफैंले पनि तराईका जुनसुकै स्थानबाट पनि उठ्न सक्छु भन्नुभएको छ,’ पौडेलले भने ।

भिजनरी नेताको माग जुनसुकै भूगोलबाट हुने भन्दै राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले थापामा बलियो कांग्रेस बनाउने चाहना रहेको बताउँछन् ।

‘देशकै नेतृत्व गर्ने सम्भावना भएको भिजनरी नेतालाई जुनसुकै भूगोलबाट पनि निर्वाचन लड्ने माग हुन्छ । राष्ट्रिय र लोकप्रिय नेताका लागि देशका सबै निर्वाचन क्षेत्र आफ्नै क्षेत्रजस्ता हुन् । गगनजीले हिमाल, पहाड र तराईलाई समान रूपले महत्त्व दिन खोजेको देखिन्छ,’ वाग्लेले भने, ‘तीनवटै भौगोलिक क्षेत्रमा संगठन विस्तार गरेर बलियो कांग्रेस बनाउने चाहना गगनजीमा देखिन्छ । यो चुनावको प्राविधिक कुरा भयो । तर, अहिलेको उहाँको भ्रमण राजनीतिक दृष्टिले भन्दा पनि सांस्कृतिक दृष्टिले अर्थपूर्ण छ ।’

salt training

कमेन्ट गर्नुहोस्