३१ जेठ २०८३, आइतबार

यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जना पक्राउ

कात्तिक २७, २०८१
काठमाडौं
यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जना पक्राउ

यात्रुहरूबाट बढी भाडा लिएको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-९ का ६५ वर्षीय अशोक गुप्ता र  वीरगञ्ज महानगरपालिका-१६ का ४० वर्षीय विजय साह छन् । 

वीरगञ्ज बसपार्कमा सार्वजनिक बस, हाइस तथा सुमोमा सर्वसाधारण यात्रुहरूसँग मापदण्ड विपरीत बढी भाडा लिने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

लामो दूरीका सार्वजनिक सवारी साधन छुट्ने काउन्टरबाट उनीहरूलाई पक्राउ गरिएको डीएसपी दीपक भारतीले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्