२७ असार २०८३, शनिबार

न्यायाधीशलाई घुसको प्रस्ताव गर्ने अधिवक्तालाई कारबाही

कात्तिक २७, २०८१
काठमाडौं
न्यायाधीशलाई घुसको प्रस्ताव गर्ने अधिवक्तालाई कारबाही

नेपाल कानून व्यवसायी परिषद्ले न्यायाधीशलाई घुसको प्रस्ताव गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नसिहतसहितको सजायको निर्णय गरेको छ । 

कानून व्यवसायी परिषद्को कात्तिक २५ गते बसेको बैठकले अधिवक्ता पोखरेललाई कानून व्यसायीको आचारसंहिता २०५१ अनुसार नसिहतसहितको सजायको निर्णय गरेको हो । 

अधिवक्ता पोखरेलले सिभिल सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीशसँग घुसको प्रस्ताव गरेका थिए । पोखरेलले न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो नै बाहिरिएको थियो । 

न्यायाधीशलाई दुई करोड रूपैयाँ खुवाएर व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहाइ गर्ने सम्बन्धी अडियो बाहिर आएको थियो । कोइरालासँग अधिवक्ता पोखरेलले घुस लिएर तामाङलाई छाड्न आदेश दिन माग गरेका थिए । 

तर, पछि न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा छाडेनन्, थुनामा नै पठाउने आदेश दिएका थिए । तामाङ हाल थुनामै छन् ।

२०७६ देखि २०७९ सम्म नेपाल बार एसोसिएसनको कोषाध्यक्ष रहेका पोखरेल २०७० देखि २०७३ सम्म उच्च अदालत पाटन बार एसोसिएसनका अध्यक्ष थिए । खासगरी उनले कर्पोरेट क्षेत्रका मुद्दाहरूमा बहस गर्ने गरेका थिए ।

null

 

 

salt training

कमेन्ट गर्नुहोस्