२२ असार २०८३, सोमबार

चिसोमा मधुमेहका बिरामी सावधान

कात्तिक २८, २०८१
काठमाडौं
चिसोमा मधुमेहका बिरामी सावधान

चिसोयाममा मधुमेहका बिरामी थप सचेत हुनुपर्नेमा जोड दिइएको छ । वीर अस्पतालका इण्डोक्राइम विशेषज्ञ डा दीपक मल्लले भने, “मधुमेह भएकाहरू घाम उदाउनुअघि मर्निङ वाकमा जानु हुँदैन । खाली पेटमा हिँड्ने काम पनि उनीहरूका लागि घातक सावित हुन सक्छ । त्यसैले चिसोको समयमा मधुमेह भएकाले विशेष ध्यान पुर्याउनुपर्छ ।” 

उनका अनुसार पछिल्लो समय खानपान र तनावका कारण विदेशबाट फर्किने व्यक्तिहरूमा बढी मधुमेह देखिएको छ । पछिल्लो समय युवा उमेर समूहमा मधुमेहको समस्या बढेको उनको भनाइ छ । 

नेपालमा मधुमेहका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क सङ्कलन भएको छैन । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)का अनुसार मधुमेहबाट झण्डै पाँच लाख मानिस प्रभावित छन् । सन् २०३० सम्म यो सङ्ख्या १५ लाख पुग्ने अनुमान गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले मधुमेहलाई सामान्य समस्या सोचेर हेलचेक्राइ नगर्न आग्रह गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्