
एजेन्सी, २३ कात्तिक— रुसको राजधानी मस्कोमा एउटा यस्तो घटना भएको छ जुन घटना सुन्दा पनि जो कोहिको आंङ सिरिंग हुन्छ ।
एक युवाले महिलालाई ६ वर्षसम्म बन्दी बनाएर बलात्कार मात्रै गरेनन् बलात्कारपछि ४ ओटा बच्चा पनि जन्मिए ।
त्यति हुँदासम्म न प्रहरीले खबर पायो न त महिलाले बन्दी जीवनबाट मुक्ति पाउन नै सकिन् । 
दैनिक भास्करमा उल्लिखित समाचारअनुसार हालै घटनाको पर्दाफास भएपछि प्रहरीले महिलालाई उद्दार गर्दा शरीरभर निलडाम र घाउहरु थिए ।
महिलाले प्रहरीलाई दिएको बयानमा छ वर्षअघि रिनाट बिलयानोवसँग उनको डेटिङ साइटको माध्यमबाट चिनापर्ची भएको उल्लेख छ । यसैक्रममा एक दिन जव रिनाटले डेटिङको लागि बोलाए त्यहाँ महिला पुग्दा रिनाटले मस्कोको पुश्किनो इलाकामा पर्ने एक घरमा लिएर गए ।
तर त्यहीबाट उनको अत्यासलाग्दो दैनिकी सुरु भयो । त्यहाँ उनलाई यातना दिइन्थ्यो । बलात्कार गरिन्थ्यो । तर, उनको चित्कार कसैले सुन्न सक्थैनथ्यो ।
पीडित महिलाका अनुसार रिनाट घरबाहिर जाँदा बाहिरबाट ताला लगाउँथे । तर, घटना बाहिर आउनु पहिले रिनाटले बलात्कारपछि जन्मिएका एक बच्चा पनि सँगै बाहिर लिएर गएका थिए भने सोहि क्रममा रिनाटलाई चिन्नेहरुले शंकाको दृष्टिले हेरे । उनीहरुले केहि गडबड हुन सक्ने भन्दै प्रहरीमा उजुरी गरिदिएपछि छापा मार्दा यस्तो रहस्य सार्वजनिक हुन पुगेको समाचारमा जनाइएको छ ।
प्रहरीले महिलाको उद्दार गर्दा महिलाको शरीरभर निलडाम र घाउहरु रहेका थिए । प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।