२१ जेठ २०८३, बिहीबार

नेकपा एसले उपनिर्वाचनमा कांग्रेस-एमाले बाहेकका दलसँग गठबन्धन गर्ने

कात्तिक २८, २०८१
काठमाडौं
नेकपा एसले उपनिर्वाचनमा कांग्रेस-एमाले बाहेकका दलसँग गठबन्धन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरूसँग स्थानीय तहको आवश्यकताअनुसार सहकार्य गर्ने भएको छ ।  

समान बिचार भएका व्यक्ति तथा समूह, पार्टीहरूबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको भन्दै नेकपा एसले आफ्नो संगठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा सांगठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताएको छ ।     

पार्टीले उपनिर्वाचनमा स्थानीय विकास तथा आर्थिक रूपान्तरणका विषयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायत अन्य केही दलसँग सहकार्य तथा गठबन्धनका लागि अन्तिम चरणमा छलफल गरिएको छ । त्यसका आधारमा कति उम्मेदवार कुन स्थानमा छनोट गर्ने भन्ने टुङ्गो लगाइने पाण्डेयले बताए । तर, सत्तारूढ दलहरूसँग गठबन्धन नगर्ने उनले बताए ।

स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसिर २ गते मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । मंसिर १६ जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्