
नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार पनि दोहोरो अंकले घटेको छ । अघिल्लो दिन मंगलबार ११.२४ अंकले घटेको नेप्से परिसूचक बुधबार १४.१२ अंकले घटेर २७३४.८३ को विन्दुमा कायम भएको हो ।
बुधबार बजारमा १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयरको खरिद बिक्री हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रूपैयाँको कारोबार भएको छ । मंगलबार परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा बन्द हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रूपैयाँको कारोबार भएको थियो ।
आज सप्तकोशी डेभलपमेन्ट बैंक र सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
साताको पहिलो कारोबारका दिन आइतबार नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ को विन्दुमा बन्द भएको थियो । यस दिन बजारमा २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयरको खरिद बिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रूपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ को विन्दुमा बन्द भएको थियो । यस दिन बजारमा २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयरको खरिद बिक्री हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ५ हजार रूपैयाँको कारोबार भएको थियो ।