३१ जेठ २०८३, आइतबार

संसद्का विशिष्टबाटै फिर्ता भएन गाडी

कात्तिक २४, २०७४
संसद्का विशिष्टबाटै फिर्ता भएन गाडी


काठमाडौँ,  २४ कात्तिक - रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएको एक महिना पुग्न लागेको छ ।  तर, तत्कालीन संसद्का विशिष्ट पदाधिकारीले संसद्ले सुविधाबापत उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन् ।  तत्कालीन सभामुख, उपसभामुख, समितिका सभापतिसमेत गरी सात जनाले सवारीसाधन अझै फिर्ता नगरेको संसद् सचिवालयले जानकारी दिएको छ, गोरखापत्रमा खबर छ  ।  

कानुनतः पदबाट मुक्त भएको सात दिनभित्र सवारी फिर्ता गर्नुपर्छ ।  व्यवहारमा संसद् सचिवालयले १५ दिनसम्म समय दिँदै आएको छ ।  सचिवालयले सवारी फिर्ताका लागि विशिष्ट व्यक्तिको ध्यानाकर्षण पनि गराइसकेको छ । 
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले सुविधाका सवारीमध्ये धेरै फिर्ता भइसकेको र केही फिर्ता हुन बाँकी रहेको बताए  ।  

salt training

कमेन्ट गर्नुहोस्