
अमेरिकन डलर साट्ने बहानामा नगद ९ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा बस्ने २६ वर्षीय ललित बहादुर पाईन र २४ वर्षीय कृष्णलाल पाईन रहेका छन् ।
अमेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुरको चाँगुनारायण नगरपालिका-३ मा बोलाई उक्त नगद ठगी गरी फरार भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको शाखा भक्तपुरबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाही लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।