
काठमाडौं महानगरपालिकाले सडक पेटीहरूको सफाइ थालेको छ । महानगरभित्रका विभिन्न सडक पेटीहरूमा रहेको धुलो लगायत फोहोर सफाइ थालिएको हो ।
महानगर प्रहरी बल र वातावरण विभागको टोलीले माइतीघर मण्डल वरिपरि, दरबार मार्ग सङ्ग्रहालय लाइन, टेकु- कालिमाटी लाइन र बानेश्वरको संसद् भवन वरिपरिका सडकपेटीहरू पानीका फोहरामार्फत सफा गर्ने गरिएको महानगरले जनाएको छ ।

यसैगरी, सोल्टी मोड-रविभवन-कलंकी लाइन, महाराजगञ्ज-टिचिङ-कान्ति, तीनकुने-मीनभवन क्षेत्र र न्यूप्लाजा- पुतली सडक, काठमाडौं प्लाजा वरिपरिको सडक पेटीहरू समेत सफा गरिएको महानगरले जनाएको छ ।
मेयर बालेन्द्र शाहको सचिवालयका अनुसार यस्तो सफाइको काम दैनिक हुने गरेको छ ।