
मंसिरमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १७ जना उम्मेदवार छनोट गरेको छ ।
रास्वपाले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी मंसिर १६ गते हुने निर्वाचनका लागि उम्मेदवारको छनोट गरिएको जानकारी दिएको हो ।
ओखलढुङ्गा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने भाग नलिने रास्वपाले जनाएको छ ।
यस्तै, २५ स्थानका उम्मेदवार छनोट प्रक्रियामा रहेको रास्वपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुँदैछ ।
यस्तो छ १७ उम्मेदवारको सूची
