२२ जेठ २०८३, शुक्रबार

दुई स्टक ब्रोकर एशोसिएसनबीच मर्जर सम्झौता

कात्तिक २८, २०८१
काठमाडौं
दुई स्टक ब्रोकर एशोसिएसनबीच मर्जर सम्झौता

स्टक ब्रोकर्स एशोसिएसन र धितोपत्र ब्रोकर्स एशोसिएन एकआपसमा एकीकृत हुन सहमत भएका छन् ।  

 आज आयोजित कार्यक्रममा स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले सम्झौतामा हस्ताक्षर गरे । 

    दुवै संस्था एकीकृत भएसँगै स्टक ब्रोकर्स एशोसिएसनका नामबाट सञ्चालमा हुनेछ । शेयर बजारमा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै बजारको विकास र विस्तारका लागि दुवै संस्था एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर्स एशोसिएसनका अध्यक्ष सागर ढकालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्