२४ जेठ २०८३, आइतबार

नेपालबाट पहिलो पटक आज ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुने

कात्तिक ३०, २०८१
काठमाडौं
नेपालबाट पहिलो पटक आज ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुने

नेपालबाट पहिलो पटक आज (शुक्रबार) ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुने भएको छ । गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबीच भएको त्रिपक्षीय सम्झौताबमोजिम आज एक दिन मात्र ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भारत निर्यातका लागि नेपालले प्रस्ताव गरेका जलविद्युत् आयोजना स्वीकृति तथा अन्य प्रक्रिया मिलाउन समय लागेकाले शुरूआतमा एक दिनकै लागि भए पनि निर्यात गर्न लागिएको प्राधिकरणले जनाएको छ । 

गत असोजमा सम्पन्न सम्झौता अनुसार नेपालले पाँच वर्षका लागि हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने तालिका छ । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहम्मद रेजुल करिम र एनटिपिसी विद्युत् व्यापार निगम भारतकी प्रमुख कार्यकारी अधिकृत रेनु नारङ्गले हस्ताक्षर गरेका थिए । 

शुक्रबार नेपाल, भारत र बङ्गलादेशका  ऊर्जा मन्त्रीहरूले  संयुक्त रूपमा विद्युत् निर्यात शुभारम्भ गर्ने कार्यक्रम तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । 

कार्यक्रमका अनुसार परराष्ट्र मन्त्रालयमा दिउँसो १२:५५ मा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशका ऊर्जा सल्लाहकार र भारतका पावर मिनिस्टरले संयुक्त शुभारम्भ गर्ने कार्यक्रम छ । शुक्रबार प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाट चिलिमे जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेश पुर्‍याउँदै छ । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ ।

salt training

कमेन्ट गर्नुहोस्