२७ असार २०८३, शनिबार

दार्चुला जीप दुर्घटनाका घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

कात्तिक ३०, २०८१
काठमाडौं
दार्चुला जीप दुर्घटनाका घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

दार्चुला जीप दुर्घटनाका घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

शैल्यशिखर नगरपालिका- ६ मा आज बिहान जीप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

उनीहरूलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । 

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्