१४ असार २०८३, आइतबार

बिनाअनुमति वन्यजन्तु पालेको आरोपमा २ जना पक्राउ

कात्तिक ३०, २०८१
चितवन
बिनाअनुमति वन्यजन्तु पालेको आरोपमा २ जना पक्राउ

जङ्गली बँदेल पालेको आरोपमा २ जना पक्राउ परेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका– ८ का दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूले अनुमति नलिई दुई वटा बँदेल पालेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

उनका अनुसार वन्यजन्तु पाल्न वन्यजन्तु पालनपोषणसम्बन्धी कार्यविधिअनुसार विभागबाट अनुमति लिनुपर्नेमा अनुमति नलिई पालेको पाइएकाले पक्राउ गरिएको हो ।

व्यावसायिक रूपमा वन्यजन्तु पाल्न पनि अनुमति लिनुपर्ने उनले बताए ।

पक्राउ परेका दुवैलाई अवैध रूपमा वन्यजन्तु पालन गरेको अभियोगमा कारबाही हुने सूचना अधिकारी थापामगरले जानकारी दिए । 

अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको नाम निकुञ्जले सार्वजनिक गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्