२५ जेठ २०८३, सोमबार
अस्पतालको एनआईसीयूमा आगलागी

उत्तर प्रदेशको एक मेडिकल कलेजमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु

मंसिर १, २०८१
काठमाडौं
उत्तर प्रदेशको एक मेडिकल कलेजमा  भीषण आगलागी, १० नवजात शिशुको मृत्यु

भारतको उत्तर प्रदेशस्थित एक मेडिकल कलेजमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ ।

उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा गएराति भीषण आगलागी हुँदा १० बालबालिकाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)मा आगलागी भएको समाचारमा उल्लेख छ । 

झाँसीका जिल्ला मजिस्ट्रेट अविनाश कुमारले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन् ।

एनआईसीयू भित्रको युनिटमा सर्ट सर्किटका कारण राति पौने ११ बजे आगलागी भएको थियो । 

समयमै उद्धारको काम भएकोले धेरै बालबालिकाको सकुशल उद्दार गरिएको बीबीसीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्