२४ असार २०८३, बुधबार

डीसी फास्ट-चार्जिङ स्टेसन नेटवर्क विस्तारका लागि शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता

मंसिर १, २०८१
काठमाडौं
डीसी फास्ट-चार्जिङ स्टेसन नेटवर्क विस्तारका लागि शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता

डीसी फास्ट चार्जिङ स्टेसनको वृहत् सञ्जाल विकासका लागि शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता भएको छ ।

नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तारका लागि डीसी फास्ट चार्जिङ स्टेसनको वृहत् सञ्जाल विकास गर्न उनीहरूले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने एउटा महत्त्वपूर्ण कदमको रूपमा यो साझेदारीले ईभी प्रयोगकर्ताहरूका लागि सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउने र राष्ट्रव्यापी रूपमा वातानुकूलित र दिगो (सस्टेनेबल) यातायात प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य उनीहरूको छ । 

यस साझेदारीले १ वर्ष भित्रमा देशभरका १०० स्थानहरूमा फास्ट-चार्जर स्थापना गर्ने योजना राखेको छ ।

हाल देशभर १६ भन्दा बढी फास्ट-चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन् । उपभोक्ता माझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै, पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता बढेको छ ।

हाल पोखरा–३ स्थान, काठमाडौं–३ स्थान, नारायणघाट–३ स्थान, नेपालगन्ज, बुटवल, विराटनगर–२ स्थान, वीरगन्ज, बिर्तामोड, बर्दिबास लगायतका स्थानमा विद्यमान चार्जिङ पूर्वाधार रहेका छन् ।​​

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नमा ध्यान केन्द्रित गर्नेछ । जसले अन्ततः ईभी प्रयोगकर्ताहरूलाई निर्धक्क रूपमा देशभर यात्रा गर्न सजिलो बनाउने उनीहरूको विश्वास छ ।

यो सम्झौतासँगै ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले एक वर्षभित्र देशभर १०० वटा डीसी फास्ट चार्जर स्थापना गर्ने साझेदारी योजना रहेको छ ।

शारदा ग्रुप निसान, ओमोडा र जाइको र जिकर गाडीको आधिकारिक वितरक हो भने गोल्छा अर्गनाइजेसन नेपालका लागि लिपमोटर, सिट्रोन, प्युजियो र काइको आधिकारिक वितरक हो ।​

साझेदारीले शारदा समूह र गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध सबै ब्रान्डका ग्राहकहरूलाई पहुँच प्रदान गर्दछ। डीसी फास्ट चार्जरको परम्परागत लाभ राष्ट्रव्यापी रूपमा सबै ग्राहकहरूले प्रयोग गर्न सक्छन्।

यो सम्झौतासँगै शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले बढ्दो विद्युतीय सवारीको बजारलाई अझ प्रोत्साहित गर्ने प्रतिबद्धता प्रमाणित गरेका छन् ।

यो सम्झौता नेपालको ईभी चार्जिङ नेटवर्कको विकासमा अपरिहार्य एक उपलब्धि हो । जसको साथमा यातायात क्षेत्रमा वातानुकूलित र दिगो भविष्यको लागि मार्ग प्रशस्त हुने दुवै कम्पनीको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्