३० जेठ २०८३, शनिबार

कांग्रेसले कीर्तिपुरमा कृष्णमानलाई उम्मेदवार बनाउने

मंसिर १, २०८१
काठमाडौं
कांग्रेसले कीर्तिपुरमा कृष्णमानलाई उम्मेदवार बनाउने

सत्तारूढ नेपाली कांग्रेसले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा कृष्णमान डंगोललाई अघि सार्ने भएको छ। 

कांग्रेसको बागमती प्रदेश संसदीय समितिको शनिबार बसेको बैठकले कीर्तिपुर नगरपालिकाको प्रमुखमा डंगोललाई मेयर उम्मेदवार बनाउने निर्णय गरेको हो।

यसअघि पालिकाबाट डंगोलसिहत १४ जनाको नाम जिल्ला हुँदै प्रदेशमा पुगेको थियो। उम्मेदवार सिफारिस भएका डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगर समिति सभापति समेत हुन्। 

२०७९ को स्थानीय तह निर्वाचनमा कीर्तिपुरमा कांग्रेसकै राजकुमार नकर्मी ९०४३ मत ल्याएर विजयी भएका थिए। उनको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

रिक्त पदको निर्वाचनमा डंगोललाई उठाउने सम्बन्धमा भएको निर्णयबारे कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंलाई परिपत्रमार्फत जानकारी समेत गराइसकेका छन् । 

कीर्तिपुरको मेयरका लागि अरू दलहरूले यसअघि नै उम्मेदवार घोषणा गरिसकेका छन्।

नेकपा (एमाले)ले सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र)ले शिवशरण महर्जन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन्।

उपनिर्वाचनका लागि भोलि (आइतबार) उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

salt training

कमेन्ट गर्नुहोस्