२८ जेठ २०८३, बिहीबार

राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण, गोविन्द केसीको माग पूरा !

कात्तिक २४, २०७४
राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण, गोविन्द केसीको माग पूरा !

काठमाडौं, २४ कात्तिक– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेको चिकित्सा शिक्षा अध्यादेश २०७४ प्रमाणीकरण गरेकी छन् । 

चिकित्सा शिक्षालाई व्यवस्थित गर्न भनेर सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले शुक्रवार प्रमाणीकरण गरेकी हुन् । 

राष्ट्रपति कार्यालयले शुक्रवार जारी गरेको विज्ञप्तीमा अध्यादेश प्रमाणीकरण गरिएको उल्लेख गरिएको छ । 

कात्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकले अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेश प्रमाणीकरण गरेकी हुन् । 

चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले पछिल्लो अध्यादेश प्रमाणीकरण रोकिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्