०६ साउन २०८३, बुधबार

कुकुरको छाउरोका कारण दक्षिण कोरियाकी राष्ट्रपतिको जागिर गुमेको हो ?

कात्तिक २०, २०७४
कुकुरको छाउरोका कारण दक्षिण कोरियाकी राष्ट्रपतिको जागिर गुमेको हो ?
काठमाडौं, २५ मंसिर — दक्षिण कोरियाको राजनीतिक विवादका कारण राष्ट्रपति पार्क गेउन ह्येविरुद्ध महाभियोग प्रस्ताव पारित भयो । तर यति ठूलो घटनाका पछाडि एउटा कुकुरको छाउरोमाथिको झगडा नै कारण भएको पत्ता लागेको छ ।


राष्ट्रपति पार्ककी साथी चोई सून सिलले शक्तिको आडमा भ्रष्टाचार गरेको र राष्ट्रपतिले उनको अपराधमा आँखा चिम्लिदिएको आरोप छ । तर यसमा तेस्रो व्यक्ति को यङ ताएको पनि रोचक कथा छ ।

फेन्सिङ खेलका पूर्वखेलाडी कोले खेलजीवनबाट संन्यास लिएपछि हाते ब्याग र कपडाको व्यापार गर्न थाले । यही क्रममा उनको भेट चोईसँग भयो ।

सन् २०१२ मा पार्क राष्ट्रपति भएको केही दिनमै कोको भेट चोईसँग भएको थियो । उनी भिल्लोमिल्लो नामक कम्पनीमा काम गर्ने क्रममा एक दिन उनको साथीले एक रहस्यमयी ग्राहकका लागि ताजा उत्पादन देखाउन भन्यो ।

ती ग्राहक चोई थिइन् । चोईले उत्पादनहरू मन पराइन् र ती उत्पादन नै राष्ट्रपति पार्कको दराजमा पुगे ।

अस्ट्रिच र गोहीको छालाबाट बनेका ४० वटा विलासी हाते ब्यागहरूका साथसाथै १०० थरी कपडा कोले राष्ट्रपतिलाई दिए ।

यिनीहरूको मूल्य हजारौं डलर पर्न आउँथ्यो र चोईले सबै रकम खल्तीबाटै झिकेर दिएको को बताउँछन् ।


राष्ट्रपति पार्कको अनधिकारिक कपडादाताका रूपमा कोले सफलता र कीर्ति कमाए ।

तर पछि चोईसँग उनको झगडा प-यो । सन् २०१४ मा चोईले कोलाई आफ्नी छोरीको कुकुरमाथि ध्यान राख्न भनिन् । कोले कुकुर घरमा ल्याए र त्यसलाई त्यहाँ छोडेर गल्फ खेल्न गए ।

गल्फ खेलेर फर्किंदा उनले घरमा चोईलाई भेटे । कुकुरलाई छोडेर हिँडेकोमा उनी क्रुद्ध थिइन् । त्यसपछि उनीहरूका बीच ठूलो झगडा भयो ।

यस प्रकरणपछि उनीहरूबीचको सम्बन्ध बिग्रँदै गयो । कोलाई चोईले दासलाई झैं व्यवहार गर्न थालिन् र छाडा गाली पनि दिन थालिन् ।

यस्तो व्यवहारका कारण रिसाएका कोले बदला लिनका लागि प्रेसमा गएर पार्क र चोईबीचको सम्बन्धको खुलासा गरिदिए ।

महिनौं लगाएर उनले चोई कसरी पार्कको प्रशासनमा हस्तक्षेप गर्छिन् भन्ने प्रमाण जुटाउन थाले । चोईले राष्ट्रपतिका सहयोगीहरूलाई आफ्नो नोकरलाई जस्तो व्यवहार गरेका भिडियो फूटेज पनि उनले जम्मा गरे ।

त्यसपछि उनले यो सबै प्रमाण एउटा स्थानीय टिभीलाई दिए । अनि गत अक्टोबर महिनामा उनले टिभीमा अन्तर्वार्ता दिँदै चोईले राष्ट्रपति पार्कका भाषणहरू सम्पादन गर्ने गरेको बताए ।
त्यसपछि संवाददाताहरूले यसमा खोजबिन गर्न थाले । उनीहरू चोई र राष्ट्रपतिका भाषणका सेल्फीहरू भएको ट्याब्लेट भेटे ।
 
चोई सून सिल

योसहित चोईका अन्य शंकास्पद व्यापारको खुलासा भएपछि जनतामा आक्रोश फैलियो र भ्रष्टाचारविरुद्धको ठूलो छानबिन शुरू भयो । छानबिनमा ठूला कर्पोरेट हाउस र कलाकारहरू पनि तानिए ।

पार्कले पछि चोईलाई अनुपयुक्त तवरले सरकारी पहुँच दिलाएको स्वीकारिन् तर भ्रष्टाचारका आरोप खारेज गरिन् ।

जे होस्, राष्ट्रपति पार्कविरुद्धको महाभियोग पारित भएको छ भने कोलाई सार्वजनिक नायकका रूपमा लिन थालिएको छ । संसदीय समितिमा उनले दिएको अद्भुत बयानका कारण उनलाई भ्रष्टाचारको खुलासा गर्ने निडर योद्धाका रूपमा हेरिएको छ ।

चोईसँग डर लाग्दैन भनी सोधिएको प्रश्नमा उनले डर वा पश्चात्तापको कुरा नउठ्ने बताए ।

बीबीसी

salt training

कमेन्ट गर्नुहोस्