३२ असार २०८३, बिहीबार

३१ अंकले घट्यो सेयर बजार, सवा ८ अर्बको कारोबार

मंसिर ६, २०८१
काठमाडौं
३१ अंकले घट्यो सेयर बजार, सवा ८ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार दोहोरो अंकले घटेको छ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ को विन्दुमा अडिएको हो । 

बिहीबार बजारमा १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयरको खरिदबिक्री हुँदा ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रूपैयाँको कारोबार भएको छ । 

अघिल्लो कारोबारका दिन बुधबार मात्रै नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ को विन्दुमा बन्द भएको थियो।

दोहोरो अंकले घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ । त्यस्तै, जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । 

यस्तो रह्यो यस साताको कारोबार 
साताको पहिलो कारोबारका दिन आइतबार ४.९८ अंकले बढेको नेप्से २७५३.७६ को विन्दुमा बन्द भएको थियो । सोमबार सार्वजनिक बिदा भएकोले सेयर बजार बन्द रह्यो । त्यस्तै, दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ को विन्दुमा अडिएको थियो । 

साताको तेस्रो कारोबारका दिन बुधबार नेप्से परिसूचक ९.०९ प्रतिशतले बढेर २७११.७५ को विन्दुमा बन्द भएको थियो । र, साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ को विन्दुमा बन्द भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्