२८ असार २०८३, आइतबार

रकम भुक्तानी नहुँदा पहिरो पीडितको घर निर्माण अलपत्र

मंसिर ६, २०८१
संखुवासभा
रकम भुक्तानी नहुँदा पहिरो पीडितको घर निर्माण अलपत्र

सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा ५५ परिवारको घर निर्माण अलपत्र परेको छ । 

सङ्घीय सरकारबाट दोस्रो किस्ता रकम भुक्तानी नुहँदा सिलिचोङ गाउँपालिका–१ बेसिन्दा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण अलपत्र परेको हो । 

गत २०७७ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका ९७ घर परिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा घर निर्माण थालिएको करिब एक वर्षअघिदेखि घर निर्माण रोकिएको हो । 

सङ्घीय सरकारबाट दोस्रो किस्ता रकम नआउँदा भुक्तानी गर्न नसकिएको सङ्खुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए । पहिरो पीडितको घर निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान निर्णय भए हालसम्म दोस्रो किस्तावापतको रकम जिल्ला प्रशासनको खातामा नआएको सहायक प्रजिअ घिमिरेले बताए ।  

पहिरो पीडितका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो । पहिरो पीडितले घर निर्माणको पहिलो किस्ताको ५० हजार मात्र पाएका छन् । पहिरो पीडित ५५ घरमध्ये २५ घरको ५० प्रतिशत बढी काम सकिएको छ । अन्य घरको २५ प्रतिशत मात्र काम सकिएको छ । 

पहिरो पीडितको समयमा घर निर्माण हुन नसक्दा अझै टेण्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । समयमा घर निर्माण हुन नसक्दा सिलिचोङ–१ बेसिन्दाका पहिरोबाट विस्थापित ५५ परिवारको चार वर्षसम्म पुनःस्थापना हुन सकेको छैन । पहिरोबाट विस्थापित भएको झण्डै साढे दुई वर्षपछि बेसिन्दा गाउँका पहिरो पीडितको घर निर्माण थालिएको हो । घर निर्माण अलपत्र भएपछि अस्थायी टहरामा बस्दै परिवार पहिरो पीडित पीडामा परेका छन् । 

 पहिरो पीडितको आवास निर्माणलका लागि  रु ५ लाख ५०  तोकिएको थियो । आवास निर्माणको रु पाँच लाख ५० रकम प्राविधिकको मूल्याङ्कनअनुसार तीन किस्तामा भुक्तानी गरिने सम्झौता भए हालसम्म रु ५० हजार मात्र भुक्तानी पाएका छन् । भैरे डाडाँमा ५५ परिवारको लागि ६९ रोपनी जग्गा रु एक करोड ३० लाखमा खरिद गरिएको थियो । सिलिचोङ–१ बेसिन्दाका नौ घर वटा विसं २०७७ असार २८ गते राति आएको पहिराले बगाउँदा ११ जना बेपत्ता भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्