
काठमाडौंको कीर्तिपुर आसपास भूकम्पको धक्का महसुस गरिएको छ । गएराति १०:४६ बजे कीर्तपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भुइँचालोको तीव्रता २.६ म्याग्निच्यूडको थियो ।
यसअघि बिहीबार नै कास्की र मनाङको सिमानामा पनि भूकम्प गएको थियो । दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा बिहीबार बिहान भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहान १० बजेर १३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट हालसम्म कुनै क्षति भएको विवरण आएको छैन ।