०४ असार २०८३, बिहीबार

१७ करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै

मंसिर ७, २०८१
खोटाङ
१७ करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै

जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण हुने भएको छ । 

मूल्य अभिवृद्धि करसहित रु १७ करोड ५८ लाख ७९ हजार सात सय २९ को लागतमा निर्माण हुने पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बिहीबार शिलान्यास गरेका हुन् । शिलान्याससँगै निर्माण पनि प्रारम्भ भएको छ । 

चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा ग्रामीण सडक समीप बग्ने बुवाँखोलामा एक सय ४८ मिटर लामो पुल निर्माण हुनेछ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल–खोटाङ बजार हुँदै दक्षिणी क्षेत्र जोड्ने चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा सडकमा पर्ने बुँवाखोलामा पुल नहुँदा वर्षायाममा आवागमन ठप्प हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्