२४ जेठ २०८३, आइतबार

देशभर चार्जिङ स्टेसन थप्दै एमएडब्लू–वृद्धि समूह, कहाँ-कहाँ राखिँदैछ ?

७२ वटा सञ्चालनमा, ५७ सञ्चालनमा ल्याउने तयारी
मंसिर ७, २०८१
काठमाडौं
देशभर चार्जिङ स्टेसन थप्दै एमएडब्लू–वृद्धि समूह, कहाँ-कहाँ राखिँदैछ ?

नेपालका दुई प्रमुख व्यापारिक समूह एमएडब्लू र वृद्धि समूहबीचको रणनीतिक साझेदारी एमएडब्लू–वृद्धिले देशभर चार्जिङ स्टेसनहरू बढाउँदै गइरहेको छ ।

हलसम्म देशभर ७२ स्थानहरू चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको एमएडब्लू–वृद्धिले थप  ५७ वटा स्टेनशहरू थप्ने योजनामा रहेको छ । 

देशभर एमएडब्लू–वृद्धिले १७ स्थानहरूमा ६० किलोवटा र ५५ स्थानहरूमा ४० किलोवाट क्षमताका चार्जिङ स्टेसनहरू स्थानमा ल्याइसकेको छ ।

देशका ४५ जिल्लाहरूमा चार्जिङ स्टेसनहरू सञ्चालनमा रहेका छन् । अब यस समूहले ५७ स्थानहरूमा चार्जिङ स्टेसनहरू थप्ने योजना बनाएको छ । 

देशभर चार्जिङ स्टेसनहरूको पहुँच बढाउने योजनासहित एमएडब्लू–वृद्धिले काम गरिरहेको छ । बढ्दै गरेको विद्युतीय गाडीहरूको मागसँगै चार्जिङ स्टेसनहरू पनि त्यति नै आवश्यक देखिन्छ ।​​

null

कम्पनीले आफ्नो उत्तरदायित्त्व अन्तर्गत देशभरका विभिन्न स्थानमा स्टेसनहरू सञ्चालन गर्दै आएको छ ।

सञ्चालनमा रहेका स्थानहरूबाहेक बैतडी, भोजपुर, अबुखैरेनी, दाङ, बबईया, राजपुर, चिसापानी, डडेलधुरा, सर्लाही, धुलिखेल, चौतारा, गुल्मी, सिन्धुली, दोलालघाट, बनेपा, इनरुवा, महोत्तरी, रौतहट, खाँदबारी, अमिल्या, लोथार, मलाङग्वा, कोशीपारि, रामेछाप, खादी चौर, रामपुर, रोल्पा, बागलुङ, फिक कल, हरिबन, लिवाङ, गोरुसिङ्गे, पतल्या, भेडेटार, बिर्तामोड, फिधिम, बैरेनी, मुग्लिङ, लमजुङ, पाल्पा, दूधौली, गौर, चकचके, सङ्खुवासभा, हलेसी, जोग बुढा, तेह्रथुम, हर्कापुर, घुर्मी, सौराहा चोक, इलाम, सुले, सिस्नेरी, खोटाङ, भैरहवा, कोहलपुर, तुलसीपुर गरी ५७  स्थानहरू चार्जिङ स्टेसनहरू बनाइने छ ।

यस वर्षभित्रै यी सबै स्थानहरूमा चार्जिङ स्टेसनहरू जडान गरी सञ्चालन ल्याइनेछ ।

null

salt training

कमेन्ट गर्नुहोस्