२८ जेठ २०८३, बिहीबार
एमालेको शक्ति प्रदर्शन

दरबारमार्ग पुग्यो एमालेको र्‍याली [तस्वीरहरू]

मंसिर ७, २०८१
काठमाडौं
दरबारमार्ग पुग्यो एमालेको र्‍याली [तस्वीरहरू]

नेकपा एमालेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ ।​

र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौं : तथ्य र सत्यलाई आत्मसात गरौं’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा गुञ्जिएको थियो ।  

एमालेको जागरणसभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गरेको छ ।

सभामा जनसांस्कृतिक महासङ्घका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौं साथी हो, समयले कोल्टे फेर्‍यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गरेका थिए ।

सभामा विभिन्न स्थानबाट र्‍याली आउनेक्रम जारी छ ।

सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले दिउँसो १:३० बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।​

तस्वीरहरू

null

null

 

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्