०२ साउन २०८३, शनिबार
एमाले जागरण सभा

ओलीको उद्‌घोष– 'कान खोलेर सुने हुन्छ, २०८४ मंसिरसम्म यो समीकरण चल्छ'

मंसिर ७, २०८१
काठमाडौं
ओलीको उद्‌घोष– 'कान खोलेर सुने हुन्छ, २०८४ मंसिरसम्म यो समीकरण चल्छ'

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को मंसिरसम्म कांग्रेससँगको सत्ता समीकरण कायम रहने बताएका छन् ।

अराजकता र दण्डहीनताविरुद्ध शुक्रबार एमालेले काठमाडौंमा गरेको जागरण सभालाई सम्बोधन गर्दै ओलीले आलोपालोको सहमतिअनुसार यो समीकरण अर्को चुनावसम्म सानदार हिसाबले चल्ने बताएका हुन् ।

‘आज मंसिर ७ गते एमाले सरकारमा पनि छ । एमाले सरकारमा भएरै पनि सभा गरिरहेको छ । के हो ? कसो हो ? भन्ने परिरहेको छ । सरकार बन्दैन भन्थे- बन्यो । विश्वासको मत पाउँदैन भन्थे- पायो । एक महिना, दशैं, तिहार, कात्तिक महिना कट्दैन भन्थे- कट्यो,’ ओलीले भने, ‘अब फरबरी फागुनको कुरा गर्लान् । म भन्न चाहन्छु ०८४ सालको मंसिरको चुनावसम्म अहिलेको समीकरण रहन्छ । सबैले कान खोलेर सुने हुन्छ ।’

ओलीले अब १८/१८ महिना आफू र कांग्रेस सभापति प्रधानमन्त्री बन्ने पनि प्रस्ट्याए । 

‘२०८३ असारसम्म म प्रधानमन्त्री रहन्छु । म प्रधानमन्त्री छोडेर देउवाजीलाई जिम्मा लगाउँछु । मैले अब १८ महिना चलाउँछु । त्यसपछि देउवाले १८ महिना चलाउनुहुन्छ, भ्रममा नपुर्नुस् । कांग्रेस र एमाले प्रतिस्पर्धा पार्टी हुन् । तर, अहिलेको समीकरण हामीबीचको प्रतिस्पर्धाभन्दा हाम्रो एकताको हो ।’

salt training

कमेन्ट गर्नुहोस्