३० जेठ २०८३, शनिबार

सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सीजी मोटर्स सम्मानित

मंसिर ७, २०८१
काठमाडौं
सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सीजी मोटर्स सम्मानित

आन्तरिक राजश्व कार्यालय ललितपुरले सीजी मोटर्स प्रालिलाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मान गरेको छ ।

राष्ट्रिय कर दिवसको अवसरमा शुक्रबार राजश्व कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कम्पनीलाई सम्मान गरिएको हो ।

आन्तरिक राजश्व कार्यालय ललितपुरमा व्यावसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका करदाताहरू मध्ये आर्थिक बर्ष २०७९/०८० को आय विवरणको आधारमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सीजी मोटर्सलाई सम्मान गरिएको कार्यालयले जनाएको छ । 

आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत नवराज पन्थीले चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सम्मान-पत्र प्रदान गरेका हुन् ।​

सम्मान पत्र प्रदान गर्दै कर अधिकृत पन्थीले​ सीजी मोटर्सलाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मान गर्न पाउँदा खुसी लागेको  बताए । आगामी वर्षहरूमा कम्पनीले थप व्यावसायिक सफलता हासिल गर्न सकोस् भन्दै उनले शुभकामना दिए ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफ्नो ग्रुपले देशको कुल सरकारी राजश्वको दुई प्रतिशत कर योगदान गर्न सकेकोमा खुशी व्यक्त गरे ।

राष्ट्रको भौतिक एवं सामाजिक विकासमा यस्तो योगदानलाई बढाउँदै लैजान चौधरी ग्रुप प्रतिवद्ध रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्