२७ जेठ २०८३, बुधबार

गोंगबुमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

कात्तिक २५, २०७४
गोंगबुमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, २५ कात्तिक– काठमाडौंको गोंगबुमा शनिवार बेलुकी ७ बजे बा १ क ६९५० नम्बरको पानी ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

ट्याङ्करको ठक्करबाट बाँकेको नेपालगंज घर भई हाल काठमाडौं गोंगबु बस्दै आएका २२ बर्षीय कृष्ण खड्काको मृत्यु भएको हो । ट्याङ्करले ठोकेर
 गम्भीर घाइते भएका खड्काको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो । 

ट्याङ्कर चालकलाई महानगरीय प्रहरी प्रभाग गोंगबुले नियन्त्रणमा लिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्