१९ असार २०८३, शुक्रबार

मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु

मंसिर ८, २०८१
काठमाडौं
मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

झापाको गौरादह नगरपालिका- ३ मा रहेको कार्कीको घर अगाडि शनिबार बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार उनको घर अगाडि प्लास्टिकले बेरेको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

मुख्यमन्त्री कार्की आज बिहान मात्रै घर पुगेका थिए ।​

शंकास्पद वस्तु भेटिएको सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्