१६ असार २०८३, मंगलबार

ठूलो परिमाणमा बम बनाउने सामग्री बरामद, शंकाको घेरामा विप्लव

कात्तिक २५, २०७४
ठूलो परिमाणमा बम बनाउने सामग्री बरामद, शंकाको घेरामा विप्लव

वीरेन्द्रनगर, २५ कात्तिक– सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुंगेबजारबाट प्रहरीले ठूलो परिमाणमा बम बनाउने सामग्री बरामद गरेको छ । 

कैलालीको सुँगरखालबाट ल्याइएको डेटोनेटर, जिलेटिन, फ्युजवायर, तारहरु तथा मोवावइल सेट र नेपाली र भारतीय सीमकार्ड बरामद गरिएको सुर्खेत प्रहरीले जनाएको छ । 

विशेष सुराकीले दिएको सूचनाका आधारमा शुक्रवार राति ध१च १०६ नम्बरको गाडी चेक गर्दा ठूलो परिमाणमा बम बनाउने सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक मोहन आचार्यले जानकारी दिए । 

प्रहरी उपरीक्षक आचार्यका अनुसार डेटोनेटर ६० थान, जिलेटिन ५ सय ६० र त्यसमा प्रयोग हुने तार ११ मिटर बरामद गरिएको छ ।

बरामद गरिएको समग्री प्रेसर कुकुर बम, सुतली बम लगायतका सामग्री बनाउन प्रयोग गरिन्छ । विस्फोटक पदार्थ बनाउने सामग्रीसहित सवारी चालकलाई नियन्त्रणमा लिएपनि विष्फोटक पदार्थ कसले ल्याएको हो भन्ने विषयमा भने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको आचार्यले बताए । 

प्रहरीले निर्वाचन विथोल्ने अभियानमा रहेको नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले उक्त विस्फोट पदार्थ ल्याएको हुनसक्ने अनुमान गरेको छ । 

निर्वाचनको मिति नजिकिएसँगै विप्लवका कार्यकर्तामाथि विशेष निगरानी बढाइएको पनि प्रहरीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्