२२ असार २०८३, सोमबार
सिंहदरबारमा बैठक आह्वान

चीन भ्रमणअघि छलफलमा जुटे प्रधानमन्त्री

मंसिर १०, २०८१
काठमाडौं
चीन भ्रमणअघि छलफलमा जुटे प्रधानमन्त्री

चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालासँग छलफल गर्न लागेका छन् । 

सोहीअनुसार ओलीले सोमबार बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग सुझाव लिने उद्देश्यले छलफल गर्न लागेका हुन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । विगतदेखि नै प्रधानमन्त्रीको विदेश भ्रमणअघि यसरी परामर्श हुने गरेको छ । 

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमणको तयारी गरेका छन् । तर, सरकारले अहिलेसम्म औपचारिक रुपमा मिति सार्वजनिक भने गरिसकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्