०८ साउन २०८३, शुक्रबार
धरहरा परिसरबाट ट्रफी सार्वजनिक

एनपीएलको ट्रफी अनावरण

मंसिर १०, २०८१
काठमाडौं
एनपीएलको ट्रफी अनावरण

नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरिएको छ ।

धरहरा परिसरमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गरेका हुन् । 

ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए ।​

एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए ।

यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको उनले बताए ।​ 

एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि शुरू भई पुस ६ गते सम्पन्न हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्