१० साउन २०८३, आइतबार
रोल्पामा माइन बिस्फोट

वाम गठवन्धनले भन्यो, ‘हाम्रा उम्मेदवारको हत्या गर्न खोजियो’

कात्तिक २५, २०७४
वाम गठवन्धनले भन्यो, ‘हाम्रा उम्मेदवारको हत्या गर्न खोजियो’

रोल्पा, २५ कात्तिक–  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मेलित संयुक्त वाम गठबन्धनले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माईन विस्फोट गराएर आफ्ना उम्मेदवारहरुको हत्या गर्न खोजेको बताएको छ । 

गठवन्धनले हत्याको योजनासहित वम विस्फोट गराउने नेकपाका कार्यकतालाई तुरुन्त पक्राउ गरेर कारबाही गर्न प्रशासनसँग माग समेत गरेको छ ।

‘आज हाम्रा उम्मेदवार र हामीहरुको हत्या गर्ने योजनाका साथ नेकपाका कार्यकतालाई भिटाबाङमा शक्तिशाली माईन विस्फोट गराए । यो सरासर हाम्रा उम्मेदवारहरुको हत्या गर्ने योजना हो’, वाम गठबन्धन निर्वाचन परिचालन समिति रोल्पाका संयोजक नेकपा (एमाले)का पोलिट्व्यूरो सदस्य गोकुल घर्तीमगरले भने, ‘यो अराधिक घटनाको जति भ्रत्र्सना गरे पनि कम हुन्छ ।’

उनले ‘अपराधीहरु’लाई पक्राउ गरी कडा कारबाही गर्न माग गरे । ‘यो निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । आज देश निर्वाचनको महाउत्सवमा प्रवेश गरेर सारा नेपाली जनता सार्वभौम मताधिकार प्रयोग गर्न आतुर भईरहेको बेला बम विस्फोट गराउनु लोकतन्त्रमाथिकै हमला हो,’ घर्तीमगरले घने, ‘हामी अपराधीहरुलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’

संयोजक घर्तीले उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग माग समेत गरे । ‘निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ,’ उनले भने, ‘उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन म सरकारसँग माग गर्दछु ।’

शनिवार विहान नेकपाका कार्यकर्ताहरुले माडी गाउँपालिका–१, भिटाबाङमा वाम गठवन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’लगायतलाई लक्षित गरी शक्तिशाली माईन विस्फोट गराएका थिए । विस्फोटबाट अनन्त सवार गाडि र उनको सुरक्षामा खटिएको प्रहरीको गाडिमा सामान्य क्षति पुगेको छ ।
 
माईन विस्फोटमा परेका अनन्त, प्रदेश सभा सदस्य उम्मेदवार दीपेपन्द्र पुन सिजल, माओवादी केन्द्रकी प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार जयपुरी घर्तीमगर, निर्वाचन परिचालन समितिका संयोजक एमाले पोलिट्व्यूरो सदस्य गोकुल घर्तीमगरलगायत नेता कार्यकर्ता भने सकुशल छन् ।

salt training

कमेन्ट गर्नुहोस्