०४ असार २०८३, बिहीबार

चक्कु प्रहार गरेर बुवाको हत्या !

मंसिर १०, २०८१
रुकुम पश्चिम
चक्कु प्रहार गरेर बुवाको हत्या !

रुकुम  पश्चिममा छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।

जिल्लाको आठबीसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुवा दर्वे खत्रीको हत्या गरेका हुन् । 

आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार बुवाको हत्या गर्ने वीरबहादुर फरार रहेका छन् ।

फरार वीरबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा १० प्रहरी परिचालन गरिएको प्रहरी  निरीक्षक पाठकले जानकारी दिए ।

घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्