१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री अघि मंसिर १३ गते चीन जाँदै परराष्ट्रमन्त्री राणा

मंसिर १०, २०८१
काठमाडौं
प्रधानमन्त्री अघि मंसिर १३ गते चीन जाँदै परराष्ट्रमन्त्री राणा

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा मंसिर १३ गते चीन भ्रमणमा जाने भएकी छिन् ।

यस अघि जापान हुँदै चीन जाने तयारी भए पनि आरजु आगामी बिहीबार चीन जान लागेको उनका सल्लाहकार एकराज पाठकले जानकारी दिए ।

‘स्वास्थ्य परीक्षणको लागि आज जापान जाने कुरा थियो । तर डाक्टरको समय नमिलेपछि परराष्ट्र मन्त्री आगामी बिहीबार चीनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ,’ पाठकले लोकान्तरसँग भने, ‘प्रधानमन्त्री जानु अगाडि भ्रमणको तयारी स्वरुप उहाँ जान लाग्नुभएको हो ।’ २९ नोभेम्बरमा आरजुले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नेछिन् । २९ तारिखमा आरजुले चिनियाँ विदेशमन्त्रीसँग भेट गरी प्रधानमन्त्रीको भ्रमणको तयारी गर्ने पाठक बताउँछन् । 

त्यसपछि आरजु स्वदेश फर्किएर पुनः प्रधानमन्त्रीसँगै चीन जाने कि उतै बस्ने भन्ने अझै टुंगो लागेको छैन । सोमबार मन्त्रिपरिषद् बैठकले भ्रमण तालिका र टोली सार्वजनिक गरेपछि मात्रै उतै बस्ने कि फर्किएर पुनः जाने भनेर टुंगो लाग्न पाठक बताउँछन् । 

प्रधानमन्त्री ओली मंसिर १७ गतेदेखि चीनको भ्रमणमा जाँदैछन् ।

चीन भ्रमणको विषयमा सुझाव माग्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पूर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्