२९ जेठ २०८३, शुक्रबार

एनपीएलको टिकट बिक्री शुरू, कुन टिकटको कति पर्छ?

मंसिर १०, २०८१
काठमाडौं
एनपीएलको टिकट बिक्री शुरू, कुन टिकटको कति पर्छ?

यही मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल), क्रिकेट प्रतियोगिताका लागि टिकट बिक्री खुला गरिएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलका लागि आज सोमबार राति ८ बजेदेखि टिकट बिक्री शुरू गरेको हो । टिकट खल्ती एपमार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ।  ​

एनपीएलका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् ।

क्यानले उद्घाटन खेल, प्लेअफ र फाइनल खेलका लागि छुट्टाछुट्टै दररेट निर्धारण गरेको छ। सामान्यतया टिकटको मूल्य ३०० देखि १००० सम्म छ भने सिजनल पासमा १० प्रतिशत छुट प्रदान गरिएको छ।

उद्घाटन खेलमा साधारणतर्फ ३०० र भीआईपीतर्फ ७०० निर्धारण गरिएको छ भने प्लेअफ र फाइनलबाहेकका अन्य खेलमा साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रूपैयाँ निर्धारण गरिएको छ । 

प्लेअफका खेलमा साधारणतर्फ ५०० र भीआईपीतर्फ ७०० तथा फाइनल खेलमा साधारणतर्फ ५०० र भीआईपीतर्फ १०० निर्धारण गरिएको छ। 

सिजनल पासतर्फ साधारणको ४ हजार ४८० र भीआईपीको ८ हजार २४० रूपैयाँ निर्धारण गरिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्