३० जेठ २०८३, शनिबार

इजिप्टमा डुङ्गा दुर्घटना हुँदा १७ पर्यटक बेपत्ता

मंसिर १०, २०८१
काठमाडौं
इजिप्टमा डुङ्गा दुर्घटना हुँदा १७ पर्यटक बेपत्ता

इजिप्टको रेड सीको तटमा सोमबार पर्यटक लिएर यात्रा गरिरहेको डुङ्गा पल्टिँदा विदेशीसहित १७ जना बेपत्ता भएका छन् । अन्य २८ जनाको उद्धार गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन्।  

उक्त डुङ्गामा विभिन्न देशका ३१ जना पर्यटक र १४ जना चालक दलका सदस्य सवार रहेको र स्थानीय समयअनुसार बिहान ५:३० बजे आपतकालीन सङ्केत पठाइएको इजिप्टको रेड सी प्रान्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

इजिप्टको दक्षिणपूर्वमा रहेको पोर्ट गालिबबाट यात्राका लागि आइतबार ‘द सी स्टोरी’ नामक उक्त डुङ्गा छुटेको थियो  ।  शुक्रबार २०० किलोमिटर उत्तरमा रहेको हुरघाडा सहरमा पुग्ने कार्यक्रम रहेको थियो ।  

गभर्नर अम्र हानाफीले एक विज्ञप्ति जारी गर्दै केही जीवित व्यक्तिलाई डुङ्गा र पानी जहाजको मद्दतबाट उद्धार गरिएको र युद्धपोतमार्फत सुरक्षित स्थानमा पुर्‍याएको बताएका छन् । 

गम्भीर आर्थिक सङ्कटमा परेको १० करोड ५० लाख जनसङ्ख्या भएको इजिप्टको प्रमुख पर्यटकीय गन्तव्य रेड सी हो । यस क्षेत्रले २० लाख मानिसहरूलाई रोजगार दिन्छ र कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी योगदान गर्दछ ।
 

salt training

कमेन्ट गर्नुहोस्