
कपिलवस्तु प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मायादेवी गाउँपालिका–६ वडसुडुवा बस्ने २१ वर्षीय सद्दाम हुसेन फकिरलाई पेस्तोलसहित पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले फकिरलाई मोटरसाइकल चोरी गर्न खोजेको आशंकामा खोजतलास गर्दा उनी पेस्तोलसहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख, एसपी निरन्जन भट्टका अनुसार फकिरबाट प्रहरीले कम्मरमा लुकाइराखेको अवस्थामा ४.५ मिलि मिटर क्यालिवर ‘डेन्डर टोए एयर पेस्तोल’ एक थान, सोही पेस्तोलमा लाग्ने ४३ थान छर्रा, धमाका ६ थान बरामद गरेको छ ।
प्रहरीले फकिरविरुद्ध हातहतियार खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको जानकारी एसपी भट्टले दिए ।