२६ असार २०८३, शुक्रबार

१८औं सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि हुने

मंसिर ११, २०८१
धनगढी
१८औं सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि हुने

सुदूरपश्चिम महोत्सवको १८ औं सँस्करण मङ्सिर २२  देखि धनगढीमा हुने भएको छ । उद्योग वाणिज्य सङ्घ कैलालीले मंगलबार पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिएको हो ।

महोत्सवको उद्‌घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको छ । यद्यपि प्रधानमन्त्रीका तर्फबाट निर्णय आउन बाँकी छ ।

‘हामी महोत्सवको आन्तरिक तयारीमा जुटेका छौं । उद्‌घाटनका लागि प्रधानमन्त्रीलाई निम्तो दिएका छौं । त्यहीँ समयमा उहाँको चीन भ्रमणलगायतका अन्य कार्यक्रम छन् । समय व्यवस्थापन गरेर खबर गर्छौं भन्नु भएको छ,' उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले भने । 

२०६३ सालदेखि धनगढीमा निरन्तर आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा मंसिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुनेछ । 

३ करोडको लगानीमा सञ्चालन हुने महोत्सवमा १५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

सङ्घका महासचिव ओमबहादुर विष्टका अनुसार कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल र सूचना प्रविधि गरी ५०० स्टलहरू रहनेछन् ।

ती मध्ये हालसम्म करिब ९५ प्रतिशत स्टल बुक भइसकेको छ ।महोत्सवको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्