
बागलुङको ढोरपाटन नगरपालिका ९ दुवालकी ३२ वर्षीया कुमारी विकको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँकी ३१ वर्षीया तानसरा विक छिन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरायसी विवादमा तानसराले दाउरा प्रहार गर्दा कुमारीको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।