२८ जेठ २०८३, बिहीबार

काठमाडौंको तापक्रम निरन्तर घट्दो, आज यी ठाउँमा पानी र हिउँ पर्ने सम्भावना

मंसिर १२, २०८१
काठमाडौं
काठमाडौंको तापक्रम निरन्तर घट्दो, आज यी ठाउँमा पानी र हिउँ पर्ने सम्भावना

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । तराईं र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार आज दिउँसो कोशी , बागमती  र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो भने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । 

विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने प्रक्षेपण गरेको छ । 

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्