
इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति भएको छ ।
मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको बीबीसीले जनाएको छ । यससँगै तत्कालै युद्धविराम कार्यान्वयनमा आउने विश्वास छ ।
सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ ।
इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न आह्वान गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामलाई ‘गुड न्यूज’ भनेका छन् । उनले ह्वाइट हाउसको रोज गार्डेनबाट सम्बोधन गर्दै इजरायल र लेबनानका सरकारहरूले 'इजरायल र हिजबुल्लाहबीचको विनाशकारी द्वन्द्व अन्त्य गर्ने प्रस्तावलाई स्वीकार गरेको' बताए ।