२४ जेठ २०८३, आइतबार

दुई दिन उच्च अंकले घटेको सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

मंसिर १२, २०८१
काठमाडौं
दुई दिन उच्च अंकले घटेको सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

लगातार दुई दिन उच्च अंकले घटेको सुनको मूल्य आज (बुधबार) भने बढेको हो । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, चाँदी पनि आज १० रुपैयाँले बढेर तोलाको १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार झण्डै १६ हजारले घटेको सुन मंगलबार २ हजार ७ सय रुपैयाँले घटेको थियो । सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि घटेको सुनको भाउ घटेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्